• Monday 5th of October 2026

प्रधानमन्त्री दाहालले आज संसदमा संवोधन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा संसदमा जानकारी गराउन लागेका हुन्।

समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनले सो सम्बोधन दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ ७८औं महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖