• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एम्बाप्पेको गोल तर हार्‍यो पीएसजी


  • धनकुटा खबर
  • .

पेरिस । किलियान एमबाप्पेले पेरिस सेन्ट-जर्मेनको अन्तिम घरेलु खेलमा गोल गरे पनि फ्रान्सेली च्याम्पियन टुलुससँग पराजित भएको छ। आइतबार भएको खेलमा पीएसजी १-३ गोलले पराजित भयो ।

सिजनको अन्त्यमा आफ्नो सम्झौताको म्याद सकिएपछि पीएसजी छोड्ने घोषणा गरेपछिको पहिलो उपस्थितिमा एमबाप्पेले खेलको आठौँ मिनेटमा नै गोल गरेका थिए। तर टुलुसले थिज्स डलिङ्गाबाट पाँच मिनेटमै बराबरी गोल फर्कायो ।

दोस्रो हाफमा यान गोबोहोको उत्कृष्ट गोलबाट टुलुस अग्रता लिएको थियो। इन्जुरी समयमा फ्रांक माग्रीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

पीएसजीले गत अप्रिलमा नै लगातार तेस्रो र विगत ११ वर्षमा १० औँ लिग १ उपाधि जितिसकेको छ। तर लुइस एनरिकेको टोलीले आफ्ना पछिल्ला तीन खेलहरू गुमाएको छ । जसमा बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिगको सेमिफाइनलको दुवै लेगमा १-० को जित निकालेको छ। पीएसजीले अब २५ मेमा लियोनविरुद्ध हुने फ्रेन्च कप फाइनल अघि लिगमा निस र मेट्जसँग खेल्ने छ।

२५ वर्षीय फ्रान्सेली फरवार्डले रियल मड्रिडसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको बताइएको छ । उनी मोनाकोबाट १६.५७ करोड पाउन्डमा अगस्त २०१७ मा पीएसजी मा सामेल भएका थिए।

१२ पटकको फ्रान्सेली च्याम्पियनका लागि ३०७ खेलमा २५६ गोल गरेको विश्व कप विजेता खेलाडी पीएसजीको कीर्तिमानी गोलकर्ताको रूपमा प्रस्थान गर्नेछन्। एमबाप्पेले यस सिजनमा सबै प्रतियोगितामा ४७ खेलमा ४४ गोल र १० असिस्ट गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖