• Monday 19th of October 2026

खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु


  • धनकुटा खबर
  • .

डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए।

मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी पाठकले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖