• Monday 19th of October 2026

करेन्ट लागेर दुई जना घाइते


  • धनकुटा खबर
  • .

धनगढी, ३१ वैशाख  । धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते भएका छन्। 

दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भएकी छन्। उनलाई सोही ठाउँको पातलि लेकको जङगलमा स्याउला काट्नेक्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेको हो।

घाइते भएकी धामीको शंकरपुर स्वास्थ्यचौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भारतको पिथौरागढमा लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यस्तै कैलालीको धनगढीमा पनि करेन्ट लागेर थप एक महिला घाइते भएकी हुन्।

धनगढी उपमहानगरपालिका–७ मनहेराकी २४ वर्षीया मेनुका चौधरी केन्ट  लागेर घाइते भएको प्रहरीले जनाएको छ।

मेनुकालाई पानीको नलमा मोटरको प्लक जोड्दा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ। घाइते मेनुकाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖