• Monday 19th of October 2026

१९ वर्षीया अञ्जली अधिकारीको यस्तो यौन धन्दा,प्रहरी नै चकित


  • धनकुटा खबर
  • .

काठमाडौं । १९ वर्षीया अञ्जली अधिकारीको यौन धन्दा थाहा पाउँदा प्रहरी नै झस्किएको छ ।

आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई प्रलोभनमा पारी अनलाइन यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार माकलबारीबाट नियन्त्रणमा लिएको थियो ।

उनले अनलाइन टाइपिङको रोजगारी दिने भन्दै सामाजिक सञ्जाल ‘स्ट्रिप च्याट’ मा बालिकाहरूको अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्य गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖