• Saturday 24th of October 2026

गृहमन्त्रीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं – सहकारी ठगीमा मुछिएर बदनाम भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि बैंक ठगीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गोर्खा मिडियाका अध्यक्षसमेत रहेका जीवी राईले देशका विभिन्न ठाउँमा सञ्चालन गरेका सहकारीमा जम्मा भएको करोडौं रुपैयाँ ‘ग्यालेक्सी फोर के टेलिभिजन’ सञ्चालन गर्ने नाममा दुरुपयोग भएपछि सहकारी पीडितहरूले गृहमन्त्री लामिछानेमाथि कारबाहीको माग गरिरहेकै बेला हिमालयन बैंकले गोर्खा मिडिया नेटवर्कविरुद्ध २०८१ वैशाख ४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको स्रोतले बताएको छ ।

समाचार स्रोत भन्छ, ’गोर्खा मिडिया नेटवर्क अन्तर्गत ‘ग्यालेक्सी फोर के टेलिभिजन’ले ‘को बन्छ करोडपछि ?’ नामक कार्यक्रम प्रायोजन गर्न तत्कालीन सिविल बैंकसँग सम्झौता गरेको थियो । उक्त कार्यक्रम नायक राजेश हमालले सञ्चालन गर्ने विज्ञापन पनि टेलिभिजनमा बजेको थियो । तर, लामो समय बित्दा पनि उक्त कार्यक्रम सञ्चालन हुन सकेन ।‘

यसैबीच, सिभिल बैंक, हिमालयन बैंकमा गाभियो । हिमालयन बैंकसँग गाभिएपछि उक्त रकम पनि हिमालयन बैंकको जिम्मेवारीमा आइपुग्यो । बैंकले गोर्खा मिडियासँग पटक पटक सम्पर्क गर्दा पनि उक्त मिडिया बैंकको सम्पर्कमा आउन चाहेन ।

समाचार स्रोतका अनुसार २०७८ फागुन २५ गते गोर्खा मिडिया नेटवर्कसँग बैंकले उक्त कार्यक्रम प्रायोजन गर्ने भनेर ६२ लाख १५ हजार रुपैयाँ एडभान्स भुक्तानी गरेको थियो । उक्त कागजातमा विपिन आचार्यले हस्ताक्षर गरेका छन् । निज आचार्य पनि बैंकको सम्पर्कमा नआएपछि बैंकले सावाँ ब्याजसहित १ करोड २४ लाख ३० हजार रकम फिर्ता लिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।-आजको अर्थबाट साभार

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖