• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टी-२० विश्वकप : नेपालसँग भिड्ने बंगलादेशको टोली घोषणा


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ का लागि बंगलादेशले राष्ट्रिय टोली घोषणा गरेको छ। यसै वर्षको सुरूमा टी-२०, एकदिवसीय र टेस्ट टोलीका लागि बंगलादेशको कप्तान नियुक्त भएका नजमुल हुसेन शान्तोले टी-२० विश्वकप २०२४ मा आफ्नो टोलीको नेतृत्व गर्नेछन्।

भर्खरै घरेलु मैदानमा जिम्बाब्वेलाई ४-१ ले पराजित गरेसँगै बंगलादेशले जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा अनुभवी अलराउन्डर शकिब अल हसन छन्, जो लगभग एक वर्षको अन्तराल पछि टी-२० क्रिकेटमा फर्केका छन्।
शकिबलाई जिम्बाब्वेविरुद्धको अन्तिम दुई टी-२० का लागि टोलीमा राखिएको थियो। उनले चौथो खेलमा चार विकेट लिएका थिए।

तीव्र गतिका युवा बलर तान्जिम हसन साकिबले जिम्बाब्वे विरुद्ध दुई खेल खेलेपछि विश्वकप टोलीमा स्थान बनाएका छन्।

बायाँ हाते तीव्र गतिका बल शोरिफुल इस्लामलाई पनि समावेश गरिएको छ।

बंगलादेश विश्वकपमा नेपाल रहेको समूह डीमा छ। समूहमा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्ड्स पनि छन्। बंगलादेशले जुन ७ मा श्रीलंकासँग पहिलो खेल खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल भने जुन १६ मा वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा हुनेछ।

बंगलादेशको टोली : नजमुल हुसेन शान्तो (कप्तान), टस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, तान्जिम हसन साकिब। ट्राभलिङ रिजर्भ: अफिफ हुसेन, हसन मोहमद

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖