• Monday 19th of October 2026

सर्पको टोकाइबाट गम्भीर विरामी भएका बालकको ४ दिन पछि निधन


  • धनकुटा खबर
  • .

नवलपुर । सर्पको टोकाइबाट गम्भीर विरामी भएका बालकको ४ दिन पछि निधन भएको छ।

गत बैशाख २८ गते साँझा सर्पको टोकाईबाट विरामी भएका नवलपुरको मध्यविन्दु नगरपालिका १२ ज्वाईथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमालको आज विहान निधन भएको हो ।

उनलाई घरको आँगनमा खेल्ने क्रममा सर्पले खुट्टामा टोकेको थियो । बालकको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको थियो ।

गर्मीको समयमा #सर्पदंशको जोखिम धेरै हुन्छ। सचेत बनौं, सावधानी अपनाऔं ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖