• Monday 5th of October 2026

सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आयोगको आग्रह


  • धनकुटा खबर
  • .

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ ।

केही दिनयता देशका विभिन्न भागमा घटेका घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षणसहित आयोगले शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गरेको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाण्डौमा भएको आक्रमण, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, डाक्टरमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएकोजस्ता घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा यी घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले ध्यान पुर्‍याउनुपर्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖