• Monday 19th of October 2026

झापाकी अनुष्का चोरीको आरोपमा काठमाडौबाट पक्राउ


  • धनकुटा खबर
  • .

चोरी गर्ने एक युवतीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरको छ।
झापा बुद्धशान्ति गाउँपालिका-३ घर भइ सुकेधारा बस्दै आएकी २० वर्षीया अनुष्का मगरलाई म‌ंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

मंगलबार दिउँसो सुकेधारा आनन्दनगरस्थित एक घरमा चोरी गरेको उनीमाथि आरोप छ।

परिसरका अनुसार मगरले सुनको साढे एक तोलाका दुइटा औंठी, एक तोला बराबरको ब्रासलेट, सिक्री, चुरा लगायत झन्डै आठ तोला बराबरको सुनका गरगहना चोरी गरेको आरोप छ। यस्तै उनले एउटा मोबाइल समेत चोरी गरेको निवेदन परेको छ।

प्रहरीले अनुष्काको साथबाट एउटा हाते झोला, सुनको गहना राख्ने बट्टा, सुनजस्तै देखिने ११ ग्राम तौल भएको एउटा सिक्री, सुन जस्तै पहेँलो धातु २.५ ग्रामको दुई थान जुली र एउटा मोतीको माला बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖