• Monday 19th of October 2026

भारतका धनाढ्य अम्बानीका छोराको दोस्रो प्रि-वेडिङ पानीजहाजमा हुने


  • धनकुटा खबर
  • .

विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानी आफ्नो हरेक समारोह विशेष बनाउँछन्।

उनी हाल उनका छोरा अनन्त अम्बानी विवाहको तयारीमा छन्। अनन्तले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह १२ जुलाईमा हुनेछ।

केही समयअघि उनीहरूको भारतको जामनगरमा प्रि-वेडिङ समारोह आयोजना गरिएको थियो। ३ दिनसम्म चलेको समारोहमा हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटी आएका थिए।

अब उनीहरूको दोस्रो प्रि-वेडिङ हुने भएको छ। भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार उनीहरूको दोस्रो प्रि-वेडिङ मे २८ देखि ३० सम्म हुनेछ।

यस पटक उनीहरूको प्रि-वेडिङ पानीजहाजमा हुनेछ। इटालीबाट दक्षिण फ्रान्सतर्फ जानेछ। उक्त पानीजहाजमा ८०० जना अतिथि बोलाइनेछ। पानीजहाजमा ६०० जना कर्मचारीले ८०० जना अतिथिलाई खानादेखि बस्ने व्यवस्था मिलाउनेछन्।

राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖