• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपलाई बिश्वकपमा खेल्न पठाइने


  • धनकुटा खबर
  • .

काठमाण्डौ – सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले आज निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने बताउनुभयो । नेपाली टोली अहिले वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक जना खेलाडी भने बाहिर ल्याउनुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖