• Monday 19th of October 2026

फाल्गुनमा बलम्बुबाट हराएको स्कुटर करिब २ महिनापछि बलम्बुमै फेला पर्यो


  • धनकुटा खबर
  • .

काठमाडौ । गत फाल्गुन १३ गते राति चन्द्रागिरि नगरपालिका-१२ बलम्बु चुनदेवीबाट हराएको स्कुटर सोही स्थानमा करिब २ महिनापछि फेला परेको छ ।

प्रहरी प्रभाग बलम्बुका अनुसार फागुन १३ गते राति हराएको प्रदेश ३ -००३प- ५६१३ नम्बरको स्कुटर बेवारिसे अवस्थामा चुनदेवी क्षेत्रमै फेला परेको हो ।

प्रभाग बलम्बुले फेला परेको स्कुटर सम्बन्धित धनी बागलुङ घर भइ बलम्बु बस्दै आएकी कविता सिलवालाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖