• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आइपीएल : दोस्रो स्थानको राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित


  • धनकुटा खबर
  • .

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ।

गएराति भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएको हो ।

राजस्थानले दिएको १४५ रनको लक्ष्य पञ्जाबले १८.५ ओभर खेलेर ५ विकेटको क्षतिमा पूरा गर्‍यो। पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन बनाएको थियो।

राजस्थान र पञ्जाब दुवै टिमले लिग चरणमा थप एक खेल खेल्न बाँकी छ।

१६ अंक बनाएर दोस्रो स्थानमा रहेको राजस्थानको प्लेअफ सम्भावना बलियो छ भने १० अंक बनाएर नवौं स्थानमा रहेको पञ्जाबको प्लेअफ सम्भावना सकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖