• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रोनाल्डो विश्वकै सर्वाधिक कमाउने खेलाडी


  • धनकुटा खबर
  • .

एजेन्सी । पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक धनाड्य खेलाडीको शीर्ष स्थानमा रहन सफल भएका छन् । पोर्चुगिज स्टार रोनाल्डो लगातार चौंथोपटक शीर्ष स्थानमा रहेका हुन् ।

गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सूचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका छन् । रोनाल्डो साउदी क्लब अल नासरमा २०२२ मा कीर्तिमानी मुल्यमा आवद्ध भएका थिए ।

बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगल फरवार्डले पछिल्लो १२ महिनामा १ सय ३६ मिलियन डलरदेखि २ सय ६० मिलियन डलर कमाएका छन् ।

लियोनल मेस्सी तेस्रो स्थानमा झरेका छन् । यो सूचीमा गल्फका जोन रहम दोस्रो स्थानमा उक्लिएका छन् । स्पेनिस गल्फरले साउदी अरबको सहयोगमा भएको लिभ गल्फ टूरपछि २ सय १८ मिलियन डलर कमाई गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖