• Monday 19th of October 2026

कीर्तिमान बनाएको सुनको मूल्यमा आज भारी गिरावट,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖