• Monday 19th of October 2026

यि रहेछन् दुई वटा पेस्तोलसहित कपनबाट समातिएका सुनार


  • धनकुटा खबर
  • .

काठमाडौंको कपनबाट एक जना युवक पेस्तोलसहित पक्राउ परेका छन्।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन पैयुटारस्थित डेराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

शुक्रबार बिहान ६ बजे एक युवकलाई हतियार लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर २ घर भई कपनमा डेरा गरी बस्ने २३ वर्षीय अर्जुन दर्नाल सुनार छन्।

उनलाई प्रहरीले डेराबाटै पक्राउ गरेको हो। उनीबाट दुई वटा पेस्तोल फेला परेको एसपी अधिकारीले बताए।

प्रहरीले उनीमाथि हातहतियार खरखजाना शीर्षकमा अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖