• Monday 19th of October 2026

ड्युटीबाट घर जादैं गरेका प्रहरी जवान युवराज बर्दीमै मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं: काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (शुक्रवार) राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्।

दरबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ।

स्रोतका अनुसार उनी ड्युटी सकेर घरतर्फ जान लागेका थिए। अनुहारमा चोट देखिएका उनको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।

उनी ट्राफिक पोसाकमै मृत फेला परेका हुन्। अहिले घटनास्थलमा प्रहरी खटिएको छ भने थप

विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖