• Monday 19th of October 2026

डेढ बर्षकी छोरीलाई मार्न पासोमा झुन्ड्याएको भिडिओ दुबईमा रहेका पतिलाई पठाउने २१ वर्षकी युवती पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा । डेढ वर्षकी छोरीलाई पासोमा झुन्ड्याएर मार्न खोजेको आरोपमा रुकुम पश्चिमबाट एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी २१ वर्षीया नन्दकली विष्टलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

मंगलबार पक्राउ परेकी विष्टलाई अदालतबाट म्याथ थप गरेर घटनाको अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीकालाई मंगबार बिहान आफू सुत्ने कोठामा सलले झुन्ड्याएर मार्न लागेको भिडिओ बनाएकी थिइन्।

छोरीलाई पासोमा झुन्ड्याएको भिडिओ उनले दुबईमा रहेका आफ्ना श्रीमानलाई पठाएपछि घटना सार्वजनिक भएको हो।

छोरीलाई पासोमा झुन्ड्याएको भिडिओ देखेपछि नन्दकलीका श्रीमानले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरेपछि बालिका मर्नबाट जोगिएकी आफन्तले बताएका छन्।

तुरुन्तै नन्दकलीको कोठामा पुगेका आफन्त र छिमेकीले पासो लगाएकै अवस्थामा बालिकाको उद्धार गरेका थिए। उद्धारपछि बालिकालाई जिल्ला अस्पताल सल्लेमा उपचार गरिएको थियो। ‘अहिले बालिका डिस्चार्ज भइसकेकी छन्,’ इन्सपेक्टर खड्काले नेपालखबरसँग भने।

आफन्तको उजुरीको आधारमा पक्राउ परेकी नन्दकली अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖