• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपले यसरी गर्दैछन् विश्वकपको लागि तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट खेल्न जानुअघि सन्दीप लामिछाने प्रशिक्षणमा व्यस्त देखिएका छन्।
बिज्ञापन

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार दिउँसो सन्दीप बलिङ र ब्याटिङ दुवैमा आफुलाई तयार गरिरहेका थिए। नेटमा सन्दीपले बलिङ गरिरहँदा उनलाई ब्याटिङमा लोकेश बमले साथ दिइरहेका थिए।

विनोद भण्डारी, शरद भेषावकर पनि बलिङ गरिरहेका थिए। पछि मौसम ढकालको बलिङमा उनले ब्याटिङ गरे। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ-क्यान सचिव पारस खड्का पनि सन्दीपको नेट प्राक्टिस हेर्न पुगेका थिए।

उनले आवश्यक टिप्सहरु सन्दिपलाई दिइरहेको देखिएको थियो। पारससँग गफ गर्दै सन्दीप बलिङ गरिरहेको देखिएको थियो। पाटन उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेपछि उनलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ-क्यानले तत्कालै प्रकृया अगाडि बढाएको थियो। सन्दीप विश्वकप खेल्न कहिले जाने भन्ने तय हुन बाँकी रहेको बुझिएको छ।

सन्दीपले अन्तिमपटक गत नोभेम्बरमा नेपालका लागि खेलेका थिए। त्यतिबेला नेपालले टी-२० विश्वकपको एसियालि छनोट खेलेको थियो। सेमिफाइनलमा यूएईलाई हराएर नेपालले विश्वकप यात्रा तय गरेको थियो। फाइनलमा ओमानविरुद्ध सन्दीपले अन्तिम ओभरमा केवल ७ रन दिएपछि खेल सुपर ओभरमा पुगेको थियो। आसन्न विश्वकपको पहिलो खेल नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्ने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖