• Tuesday 20th of October 2026

७ फेरा लगाउँदै गर्दा वेहुलाकी प्रेमिका मण्डपमा पुगेर हंगामा गरेपछि…


  • धनकुटा खबर
  • .

राजविराज– विवाहमा वेहुला–वेहुली अग्नी साक्षी राखेर सात फेरा (फन्का) लगाउँदै गर्दा वेहुलाकी प्रेमीका पुगेर हंकामा सुरु गरिन भने के हुन्छ ? त्यसपछिको अवस्थाका विषयमा अनुमान लगाउन गाह्रो हुन्छ। तर, भारतको उत्तर प्रदेशमा भने विवाह नै रद्द भएको छ।

विवाहमा वेहुला वेहुली सात फेरा लगाउने तयारीमा थिए। अचानक एक युवती विवाह मण्डपमा पसेर हंगामा सुरु गरिन। युवतीले आफुलाई वेहुलाकी प्रेमीका भएको दावी गरिन। यति मात्रै होईन वेहुला वनेका युवकसँग आफु रिलेशनमा वसेको पनि उनको दावी थियो।

उनको कुरा सुनेपछि वेहुला र वेहुली दुवै पक्षमा होहल्ला भयो। सवै जना आश्चर्यमा परे। अन्त्यमा विवाह जस्तो विशुद्ध धार्मिक कार्यमा प्रहरीको प्रवेश भयो। प्रहरीका अनुसार गौरहारी निवासी खुबचन्द्रका छोरा बृजकिशोर र महोबाको अजनर थाना क्षेत्रस्थित स्यावनकी किशोरीको विवाह भईरहेको थियो।

विवाहकै विचमा वेहुलाकी प्रेमीका पुगेपछि हंगामा भएको हो। यो सवै प्रकरणपछि वेहुलीले विवाह गर्न अस्विकार गरिन। वेहुला पक्षले विवाहको सम्पूर्ण खर्च ब्यहोर्नु पर्ने भयो। त्यसपछि वेहुला जन्ती लिएर खाली हात घर फर्किए।

जानकारी अनुसार वेहुलीका ४ दिदी वहिनी छन्। उनी कान्छी छोरी हुन। उनको विवाहका लागि पिताले ३ विगाह जग्गा वेचेर तयारी गरेका थिए। तर विवाह रद्द भएपछि घरमा सन्नाटा छाएको छ।

यता, आफुलाई वेहुलाकी प्रेमीका वताउने युवती गोहान्ड गाउँकी सन्तोषी भएको खुलेको छ। कोरोना कालमा ति वृजकिशोर र सन्तोषी गुजरातमा सँगै वसेका थिए। उनीहरुका दुई छोरा र एक छोरी पनि छन्।

प्रहरीका अनुसार सन्तोषी र बृजकिशोरका बीचमा यसअघि पनि पटक पटक विवाद भएको थियो। उनीहरुको झगडा गौरहारी चौकीमा पनि पुग्यो। त्यहाँ उनीहरुले आईन्दा विवाद नगर्ने सहमति गरेका थिए। तर, वृजकिशोरले विवाह गर्न लागेको थाहा पाएपछि सन्तोषीले फेरी विवाद सुरु गरेकी हुन।

प्रहरीले घट्नाको अनुशन्धानपछि थप कारवाही प्रकृया अगाडि वढाउने वताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖