• Tuesday 20th of October 2026

दुई दिनदेखि सम्पर्क विहीन पुरुषको शव फेला


  • धनकुटा खबर
  • .

बैतडी, ७ वैशाख । डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्।

बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्क विहीन रहेका थिए।

उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटनबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖