• Tuesday 20th of October 2026

यि रहेछन् ७२ बर्षिया बृद्दको सुनको गहना लुट्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार लुटपाटको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका–४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साह छन् ।

बूढानीलकण्ठ नगरपालिका–३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलाको सिक्री सरोजकुमारले ४ जेठमा लुटेको आरोप लागेको छ ।

त्यसैगरी बूढानीलकण्ठ–२ माथिल्लो भंगालमा ३ जेठमा ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सिक्री राधेश्यामले लुटेको आरोप लागेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖