• Tuesday 20th of October 2026

डेरामा बसेर यस्तो धन्दा !


  • धनकुटा खबर
  • .

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित ढुंग्रेबासमा डेरा गरि बस्ने दुईजना पक्राउ परेका छन् । लागुऔषधसहित डेराबाट दुईजना युवाहरु समातिएका हुन् ।

जिल्लाको तीनपाटन गाउँपालिका वडा नं.९ का २६ वर्षिय बिनोद परीयार र गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षिय रबिन मैनालीले लागुऔषध बिक्री बितरण गरि रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सिन्धुली प्रहरीले उनीहरुको कोठा चेकजाँच गरेको थियो ।

चेकजाँच गर्दा प्लाष्टिकको स–साना पोकामा प्याक गरिएको २८ पोका लागुऔषध खैरो हिरोईन जस्तो देखिने वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्त प्रहरी नायव उपरिक्षक अनिल कुमर खड्काले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ४.८९० ग्राम खैरो हिरेईन, लागुऔषध गाँजा जस्तो देखिने वस्तु १५.८३ ग्राम र स्पास्मो ट्याब्लेट भेटिएको डिएसपि खड्काले बताउनुभयो । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖