• Tuesday 20th of October 2026

सुर्खेत बस दुर्घटनामा मृतक दुवै जनाको भयो सनाखत


  • धनकुटा खबर
  • .

काठमाडौं । सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।

सुर्खेतको कटकुवामा भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका-६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।

सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका-११, भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कटकुवामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेमध्ये एक जना बाहेकको अवस्था सामान्य रहेको छ। घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖