• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाको अन्तिम टोली घोषणा भएको छ ।

मंगलबार जेक फ्रेजर-म्याकगुर्क र म्याथ्यु शर्टलाई ट्राभलिगं रिजर्भमा समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा भएको छ । केही साता अघि घोषित अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा फ्रेजर र शर्टलाई समेटिएको थिएन ।

अन्तिम टोलीमा पुर्वकप्तान स्टिभ स्मिथ पुन समेटिएका छैनन् । अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय अष्ट्रेलियाको फाइनल टोली घोषणा गरेको हो ।

विश्वकपमा अस्ट्रेलिया समूह बी मा रहेको छ । समूह बी मा अस्ट्रेलियाका अलावा इंग्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । ६ जुनमा ओमानसँग खेल्दै अस्ट्रेलियाले विश्वकपको सुरुआत गर्नेछ ।

अस्ट्रेलियाको टिम

डेविड वार्नर, ट्रेविस हेड, मिचेल मार्श (कप्तान), ग्लेन म्याक्सवेल, टिम डेविड, मार्कस स्टोइनिस, म्याथ्यू वेड, मिशेल स्टार्क, पेट कमिंस, एडम जाम्पा, जोश हेजलवुड, जोश इंग्लिस, एश्टन एगर, क्यामरून ग्रीन, नाथन एलिस।

ट्राभलिगं रिजर्भ

जेक फ्रेजर-म्याकगुर्क र म्याथ्यु शर्ट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖