• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको भिसा प्रकृया कहाँ पुग्यो? यस्तो भन्छन् सन्दीपका वकिल सरोज घिमिरे


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको विश्वकप सहभागिताको तय आज हुँदैछ। बलत्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुलेको थियो। तर उनको प्रक्रियागत ढिलाइका कारण सहभागिताको तय भने भइसकेको छैन।

क्यानका सचिव पारस खड्काले मंगलबार एक विज्ञप्ती जारी गर्दै उनको भिसा प्रकृयामा रहेको बताएका थिए। सन्दीपका कानुन ब्यबसायि सरोजकृष्ण घिमिरेले सन्दीपको भिसा प्रकृया अन्तिम चरणमा रहेको बताए। आइसिसीले सन्दीपले नेपालबाट खेल्ने जानकारी अमेरिकी एम्बेसीलाई गराएको र सोही अनुसारको प्रकृया पूरा भएको बताए। सम्भवत आज सन्दीपको सहभागिता फाइनल हुनेछ।

घिमीरेले भने ‘सन्दीपको अमेरिकाको यात्रा अन्तिम चरणमा रहेको छ, अमेरिकन एम्बेसीलाई आइसिसीले सन्दीपले नेपालबाट खेल्ने बारेमा जानकारी गराइसकेको छ।’ साथै सन्दीप उच्च अदालत पाटनबाट निर्दोष सावित भएको जानकारी कानुनी रायसहित सन्दीपका कानुन व्यवसायीले क्यानका पदाधिकारी र सम्बन्धित निकायलाई लिखित रूपमा उनका कानुन व्यावसायीले उपलब्ध गराइसकेका छन्।

क्यानका सचिव पारस खड्का, म्यानेजर विनोद दाससहित क्यानका अधिकारीहरूले आइसिसी र अमेरिकन दुतावाससँग यो विषयमा परामर्स गरिसकेका छन्। सबै प्रशासनिक र हवाई प्रबन्ध मिलेमा जुनसुकै बेला सन्दीप अमेरिका प्रस्थान गर्ने भन्दै उनलाई तयारी गर्न क्यानले निर्देशन दिएको घिमीरेले जानकारी दिए। यद्यपि, सन्दीपको सबै प्रकृया पूरा भइसकेपछि उनले आफ्ना कानुन व्यावसायीसँग भेट गरेर थप राय लिने तयारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖