• Monday 5th of October 2026

आजपाले भोलि भन्सार विभाग घेर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि (आइतबार) भन्सार विभाग घेराउ गर्ने भएको छ ।

आजपाले देशमा सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गरेको छ ।

त्यसको लागि भोलि भदौ ३१ गते आइतबार ललितपुरको कुपण्डोलबाट जुलुश निकालेर त्रिपुरेश्वरस्थित् भन्सार विभाग घेराउ गर्ने कार्यतालिका रहेको प्रवक्ता सिबी साहले जानकारी दिए । सो क्रममा उनीहरुले भन्सार विभागका डिजीलाई ज्ञापनपत्र पनि बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖