• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले भिसा रिजेक्ट गरेपछि सन्दीप लामिछाने यसो भन्छन्…


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलेलाई अमेरिकाले भिसा रिजेक्ट गरेको छ । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको जानकारी सन्दीपलेपनि गराएका छन् । उनले आफ्ना समर्थक र नेपालका खेलप्रेमीहरुसँग माफी मागेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन्। काठमाडौं जिल्ला अदालतले एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले निलम्बन गरेको थियो। तर गत साता उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।

त्यसपछि उनलाई विश्वकप प्रतियोगितामा खेल्न पठाउन खोजिएको थियो। क्यानका सचिव पारस खड्काले मङ्गलवार राति लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए। लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो।

आज त्यही दोहोरिएको भन्दै सन्दीपले असन्तुष्टि जनाएका छन् । अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपालले पनि सहभागी हुन लागेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖