• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बैंगलुरूलाई पराजित गर्दै राजस्थान आइपिएलको क्वालिफायरमा


  • धनकुटा खबर
  • .

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायरमा पुगेको छ।

गएराति रोयल च्यालेञ्जर्स बैंगलुरूलाई पराजित गर्दै राजस्थानले क्वालिफारयमा स्थान पक्का गरेको हो।

बैंगलुरूले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो।

राजस्थानका लागि ययश्वी जैसवालले ४५ सर्वाधिक ४५ रन बनाए। उनले ३० बलमा ८ चौका प्रहार गरे।

त्यस्तै रियान परागले २६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३६ रन जोडे।

रोभमन पवेलले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रन जोडेर नट आउट रहे।

त्यसअघि शिम्रोन हेटमायरले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए।
ओपनर टम कोलर क्याडमोरले २०, कप्तान सञ्जु सामसनले १७ र ध्रुव जुरेलले ८ रनको योगदान गरे।

बलिङतर्फ बैंगलुरूका मोहम्मद सिराजले २ तथा लोकी फर्गुशन, करन शर्मा र क्यामरून ग्रीनले १/१ विकेट लिए।

अहदावादस्थित नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो।
त्यस क्रममा ओपनर विराट कोहलीले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए।

कप्तान फाफ डु प्लेसिस १४ बलमा २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए। क्यामरून ग्रीनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरी २७ रन जोडे भने रजत पाटीदारले २२ बलमा २ चौका र १ छक्का हानेर ३४ रनको योगदान गरे।

महिपाल लोम्रोरले ३२ रन बनाउँदा दिनेश कार्थिक ११ रनमा आउट हुन पुगे।
ग्लेन म्याक्वसेल शून्य रनमा आउट हुँदा स्वप्निल सिंह ९ रन जोडेर नट आउट रहे।

बलिङतर्फ राजस्थानका अवेश खानले ३, रविचन्द्रन अश्विनले २ तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चाहलले १/१ विकेट लिए।
पराजित भएको बेंगलुरू आइपिएलबाट बाहिरिएको छ भने राजस्थानले सनराइजर्स हैदरावादसँग क्वालिफायर खेल्नेछ।

राजस्थान र हैदरावादबीचको खेलबाट जित्ने टोलीले आइतबार कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖