• Monday 5th of October 2026

पाँचथर फिदिमका लागु औषध कसुरमा दुई युवा पक्राउ


  • धनकुटा खबर
  • .

फिदिम : लागु औषध कारोबारको कसुरमा पाँचथरको फिदिम नगरपालिकाका दुई युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। फिदिम १० याङनामका २६ वर्षीय संगम थाम्सुहाङ र फिदिम ८ रानीटारका २५ वर्षीय सञ्जय नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो।

थाम्सुहाङलाई उनकै घरबाट र नेम्बाङलाई फिदिम ४ गढी स्थित डेबिट लिम्बूको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। थाम्सुहाङ र नेम्बाङ एउटै मुद्धाका फरार प्रतिवादी हुन्। मुद्धा दर्ता भएपछि फरार रहेका उनीहरुलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

१४ ग्राम ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोमा गत वर्षको साउन २ गते इलाका प्रहरी कार्यालय काँकटभिट्टा झापाले उनीहरुविरुद्ध मुद्धा दर्ता गरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖