• Monday 5th of October 2026

नसिमले विश्वकप गुमाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहले आगामी महिनाबाट भारतमा सुरुहुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् ।

एसिया कप अन्तर्गतको भारतविरुद्धको खेलमा काँधमा चोट लागेको पत्ता लागेपछि उनले पूरा विश्वकप गुमाउने भएका हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अनुसार शाह यस वर्ष पूरा समय मैदान बाहिर रहने अनुमान गरिएको छ ।

पाकिस्तानको विश्वकपका लागि टोली घोषणा भएको छैन ।

पाकिस्तानले ६ अक्टोबरमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖