• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नताशाभन्दा ५ गुणबढी छ हार्दिक पाण्ड्यासँग सम्पत्ति


  • धनकुटा खबर
  • .

यतिबेला भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र अभिनेत्री नताशा स्टेनकोभिनको सम्बन्ध विच्छेदको चर्चा भइरहेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार हार्दिकले आफ्नो ७० प्रतिशत सम्पत्ति नताशालाई दिने भएका छन्।

अभिनेत्री नताशासँग करिब २० करोड भारूको सम्पत्ति छ। उनी अभिनेत्री, मोडल र डान्सर हुन्। योसँगै उनी रणवीर सिंहसँग थुप्रै विज्ञापनमा देखिएकी छन्।

सर्वियन नागरिक नताशाले बलिउडमा पनि काम गरेकी छन्। उनले प्रकाश झा निर्देशित फिल्म ‘सत्याग्रह’ बाट डेब्यू गरेकी हुन्। सन् २०१२ मा भारत आएकी नताशाले उक्त फिल्मको आइटम गीतमा नाचेकी थिइन्।

हार्दिक पाण्ड्याको सम्पत्ति उनकी श्रीमतीभन्दा ५ गुणाबढी छ। उनीसँग ९१ करोड भारूको सम्पत्ति छ। क्रिकेट बाहेक उनी विज्ञापनबाट पनि राम्रो कमाइ गर्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖