• Sunday 25th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

नेपाली आकाशमा १८ फन्को लगाएर कतार एयरको जहाज दिल्ली डाइभर्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाज नेपाली आकाशमा १८ फन्को लगाउँदा पनि अवतरण हुन नसकेपछि दिल्ली डाइभर्ट भएको छ ।

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार कतार एयरको जहाज मौसम प्रतिकूलताको कारण फर्किएको हो ।

“अप्रोचमा समस्या देखियो,” विमानस्थल स्रोतले भन्यो, “जहाज आउने बाटोमा हावा बढी देखियो । त्यसपछि दिल्ली डाइभर्ट भएको हो ।”
दिउँसो साढे ४ बजे सिमरामाथि आइपुगेको जहाज करिब साढे दुई घण्टा होल्ड गरिएको थियो । काठमाडौं अवतरण गर्ने अन्तिम चरणमा हावाहुरीका कारण दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जानकारी गराएको छ ।

दिल्लीबाट आएको नेपाल एयरलाईन्स, सोलबाट आएको कोरियन एयर र क्वालालाम्पुरबाट आएको मलेसियन एयरलगायत आन्तरिक उडान भने अवतरण गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖