• Sunday 25th of October 2026

सुनको भाउ बढ्यो


  • धनकुटा खबर
  • .

१५ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖