• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपमा नेपालको समूहमा रहेको नेदरल्यान्ड्सले श्रीलंकालाई हरायो


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको छ ।

मंगलबार भएको विश्वकपको वार्मअप खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको श्रीलंका १८ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ६१ रन मात्र बनाउँन सक्यो ।

नेपालले ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । भने, ८ जुनमा श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖