• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बेलिङह्याम बने ला लिगा सिजनको उत्कृष्ट खेलाडी


  • धनकुटा खबर
  • .

मड्रिड । रियल मड्रिडका युवा मिडफिल्डर जुड बेलिङह्याम आफ्नो पहिलो सिजनमा नै ला लिगाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । २० वर्षीय खेलाडीले लिगमा १९ गोल गर्दा रियलले १० अङ्कको अग्रता बनाउँदै लिग उपाधि हात पारेको थियो ।

उनले च्याम्पियन्स लिगमा पनि चार गोल गरेका छन् । कार्लो एन्चेलोटीको टोली प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार हुने निर्णायक खेलमा टोलीले वेम्ब्लेमा जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

बेलिङह्यामले रियलका सहकर्मी भिनिसियस जुनियर, एन्टोनियो ग्रिजमान (एट्लेटिको मड्रिड), अर्टेम डोभभीक (जिरोना) र रोबर्ट लेवान्डोस्की (बार्सिलोना) लाई पछि पारे । यसका लागि फ्यान, क्लबका कप्तान र विज्ञको टोलीले मतदान गरेका थिए ।

उनी सन् २०२२–२३ सिजनमा डर्टमन्डबाट बुन्डेस लिगको प्लेयर अफ द सिजनको अवार्ड जितेका थिए । त्यसपछि उनी १०.३ करोड करोड युरोमा रियलसँग अनुबन्ध भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖