• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दिप लामिछानेलाई क्यान भिसा प्रक्रियामा असहयोग गरेको नेकोस राष्ट्रिय क्रिकेट संघको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय खेलकूद महासंघअन्तर्गत नेकोस राष्ट्रिय क्रिकेट संघले सन्दिप लामिछानेलाई आईसीसी विश्वकप खेल्न जानबाट रोक्न अमेरिका जाने भिसा प्रक्रियाका लागि असहयोग गरेको आरोप लगाएको छ ।

संघका केन्द्रीय संयोजक चेतनाथ आचार्यले विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसहित पदाधिकारीले लामिछानेलाई अमेरिका जाने भिसा प्रक्रियामा असहयोग गरेको र बरू क्यान अध्यक्ष नै खेलाडी र स्टाफको कोटामा श्रीमतीलाई लिएर अमेरिका हिडेको आरोप लगाएका छन् ।

‘सन्दिप लामिछानेलाई अमेरिका जाने प्रक्रियामा भिसा समस्या उत्पन्न भएको छ । लामिछानेको भिसा प्रक्रियामा नेपाली क्रिकेट संघका अध्यक्ष लगायत केही पदाधिकारीहरुले पहल गरे जस्तो देखिने, तर कुनै ठोस तरिकाले प्रक्रिया नबढाएको देखिन्छ, त्यसकारण कतै जिम्मेवार व्यक्तिले नै सन्दिप लामिछाने माथि षड्यन्त्र गरेको त होइन ? भन्ने आशंका उत्पन्न भएको देखिन्छ,’ आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किन कसरी भन्दा सन्दिप लामिछानेको अमेरिका जाने प्रक्रिया केही दिन मात्र बाँकी हुँदा क्यानका जिम्मेवार व्यक्ति अध्यक्ष स्वयम् आफू, आफ्नो पारिवारिक व्यक्ति तथा निकट व्यक्तिलाई लिएर अमेरिका जाने क्रम देखिन्छ, उक्त अमेरिका जाने प्रक्रियाले आईसीसीले विश्वकपको लागि खेलाडी, स्टाफ कोटा स्वरुप २५ जना दिएकोमा सो कोटामा लगिएको कुरा क्यानको पत्र तथा सामाजिक सञ्जालबाट बुझिन्छ । सन्दिप लामिछाने विश्वकपको लागि अमेरिका जाने प्रक्रियामा क्यानका जिम्मेवार अध्यक्षबाट कुनै सम्बन्धित आधिकारिक निकायमा पहल कदमी नदेखिएको अवस्था छ ।’

नेकोस संघले क्रिकेट संघले विगत वर्षमा गरेको नेपाल प्रिमियर लिगमा समेत भ्रष्टाचार भएको आरोप लगाएको छ । संघले यस्तो अख्तियारको दुरुपयोग गर्ने प्रकृतिका घटनाहरु दोहोरिरहे आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖