काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटअघिको दोस्रो तथा अन्तिम अभ्यास खेलमा आज राति नेपाल र अमेरिका खेल्दैछन् ।
अमेरिकाको डल्लासमा हुने यो खेल राति सवा ९ बजे शुरु हुनेछ ।
यसअघि पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ६३ रनले पराजित भएको थियो । विश्वकप क्रिकेटअघि अहिले अभ्यास खेल भइरहेको छ ।
अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिखदेखि शुरु हुँदैछ । नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।
टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । याे समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । यस्तै समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् ।
समूह ‘बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह ‘सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।
