• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपमा सहभागी नहुँदैमा न सन्दीपको करिअर सकिन्छ, न नेपाली क्रिकेटः क्यान अध्यक्ष


  • धनकुटा खबर
  • .

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूले निकै प्रयास गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेले भिसा पाउन नसकेको बताएका छन् । तर, यसपटक विश्वकपमा सहभागी हुन नपाउँदैमा सन्दीपको करिअर नसकिने उनको भनाइ छ ।सन्दीप विश्वकपमा सहभागी नहुँदैमा नेपाली क्रिकेट पनि नसकिने उनले बताएका छन् ।

सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडी, जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौँ । स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुःखी छौँ । तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करिअर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु, विश्वकपका लागि अमेरिका पुगेका अध्यक्ष चन्दले बिहीबार राति सामाजिक सञ्जालबाट भनेका छन् ।

उनले आफूलाई नेपाली कांग्रेससँग जोडिएको विषयमा पनि बोलेका छन् । चन्दले आफू बैतडी कांग्रेसको निर्वाचित सभापति भएको र त्यसमा आफू गौरव गर्ने बताएका छन् । नेपाल क्रिकेट संघको अध्यक्षका साथै नेपाली कांग्रेस बैतडीको सभापति भनेरै लेखिराख्नुहुने साथीहरूका लागि पुनः स्मरण रहोस्, म बैतडी कांग्रेस को निर्वाचित सभापति नै हो । जसका लागि म गौरव गर्दछु, उनले भनेका छन् । उनले आफू आईसीसीको निमन्त्रणमा विश्वकपका लागि गएको समेत बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖