• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

क्यान अध्यक्ष चन्द भन्छन् : आईसीसीकै सहमतिमा सन्दीप लामिछानेलाई १५औं खेलाडीमा गोप्य राखिएको थियो


  • धनकुटा खबर
  • .

काठमाडौ । आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । यसमा आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएको समेत उनले दाबी गरेका छन् ।

विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समावेश नगरेको भन्दै आलोचना भएपछि सामाजिक सञ्जालबाट चतुरले स्पष्टिकरण दिएका हुन् । उनले भिसा अप्लाई गर्नुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताएका छन् ।

‘क्यानले नै आईसीसीसँग समन्वय गरी १५ औं खेलाडी सन्दीप लामिछाने नै हो भनी पत्राचार गरेको र आईसीसीले स्वीकृति दिई यूएस एम्बेसी नेपाललाई सन्दीप नेपाल टिमको सदस्य भएकोले भिसा उपलब्ध गराइदिन सिफारिस गरेको थियो’, उनले भनेका छन् ।

नेपाली टोली अमेरिका हिँड्ने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन थियो । उनले सफाइ पाइसकेका थिएनन् । ‘आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको थियो कि कुनै कारणले सन्दीपले भिसा नपाएको खण्डमा उनको सट्टामा खेलाडी परिवर्तन गर्न मिल्ने थियो,’ चतुरले भनेका छन्, ‘त्यस कारण १४ जनाको नाम र सन्दीप(गोप्य)लाई समावेश गरिएको थियो ।’

२ पटकसम्म अमेरिकाले लामिछानेलाई भिसा नदिएको भन्दै केही युवाहरुले माइतीघरमा नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖