• Monday 5th of October 2026

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल वाग्मती प्रदेश अध्यक्षमा वासु श्रेष्ठ निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका जन वर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल वाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले वासु श्रेष्ठ अध्यक्ष चुनिनु भएको छ ।

यसैगरी उपाध्यक्षमा मनोज लामा र शेरबहादुर श्रेष्ठ चुनिनुभएको छ । त्यस्तै कान्छाराम तामाङ सचिव तथा मिना नगरकोटी र सूर्य माझी उपसचिवमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अधिवेशनले मञ्जु लामालाई कोषाध्यक्ष निर्वाचित गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖