• Monday 5th of October 2026

बाँकेमा बम पड्किएर पूर्व-पश्चिम राजमार्गमा पर्‍यो भ्वाङ


  • धनकुटा खबर
  • .

बाँकेमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन,’ डाँगीले भने,‘हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन।’

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ।

अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖