• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पीएनजीविरुद्ध वेस्ट इन्डिज पाँच विकेटले विजयी


  • धनकुटा खबर
  • .

आईसीसी ट्वान्टी विश्वकपमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पाँच विकेटको जित निकालेको छ ।

आइतबार गुयनामा भएको खेलमा पीएनजीले प्रस्तुत गरेको १३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

वेस्ट इन्डिजको जतमा रोस्टन चेजले अविजित ४२ रन बनाए । उनले २७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । यस्तै, ओपनर ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ रन थप्दा कप्तान रोभमन पावेल र आन्द्रे रसेलले समान १५ रन जोडे ।

पीएनजीका कप्तान असद भालाले दुई विकेट लिए । जोन कारिको, एलेइ नाओ र चाड सोपेरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।
पीएनजीका शेशे वाउले ५० रनको अर्धशतकीय इनिङ खेले । उनले ४३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । किप्लिन डोरिगाले २५ रन बनाउँदा कप्तान असद भालाले २१ र चार्ल्स एमिनीले १२ रन थपे । चाड सोपरले १० रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए । अकिल हुसैन, रोमारियो सेफर्ड र गुडाकेस मोटेले समान एक विकेट लिए ।

प्रतियोगितामा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी मा छन् । यो समूहमा वेस्ट इन्डिज र पीएनजीसँगै अफगानिस्तान, न्युजिल्यान्ड र युगान्डा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖