• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतीय क्रिकेट टिमको प्रशिक्षक बन्ने विषयमा गौतम गम्भीरले के भने ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले भारतीय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाउँदा खुसी लागेको बताएका छन् । गम्भीरले अबुधाबीमा एक कार्यक्रममा सहभागी हुँदै यस्तो बताएका हुन् ।

भारतीय टोलीको कोच बन्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै गौतम गम्भीरले भने, ‘हालको समयमा धेरैले मलाई यो प्रश्न सोधेका छन्। टिम इन्डियाको प्रशिक्षक बन्न पाउनु मेरो लागि ठुलो खुसीको कुरा हो। टोलीको प्रशिक्षक बन्नु भन्दा ठुलो गर्व अरू हुन सक्दैन।’

‘जब तपाईं भारतको प्रतिनिधित्व गर्नुहुन्छ, तपाईं विश्वभर १४० करोड भारतीयहरूको नेतृत्व गर्दै हुनुहुन्छ। यो भन्दा ठुलो के हुन सक्छ,’ उनले थपे ।

गौतम गम्भीरले भने, ‘म भारतलाई विश्वकप जिताउन मद्दत गर्न सक्दिनँ। यो १४० करोड भारतीयहरूले भारतलाई विश्वकप जिताउन मद्दत गर्नेछन्। सबैभन्दा महत्त्वपूर्ण कुरा डर बिना खेल्नु हो।’

भारतीय पुरुष क्रिकेट टोली नयाँ प्रशिक्षकको खोजीमा छ । यसै महिना हुन लागेको टी–२० विश्वकपपछि वर्तमान प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिँदैछ ।

गौतम गम्भीरलाई अर्को प्रशिक्षकका लागि दाबेदार मानिएको छ । गौतम गम्भीर मेन्टर बनेपछि कोलकाता नाइट राइडर्सले यस वर्षको आईपीएल उपाधि जित्न सफल भएको छ ।

हालै बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुलीले कोच पदका लागि गम्भीरको उम्मेदवारीलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖