• Thursday 8th of October 2026

‘छक्कापञ्जा ५’ ले रिलिजसम्मै सहायक कलाकारलाई लुकाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘छक्कापञ्जा ४’ ले प्रचारप्रसारमा एउटा ‘ट्रेन्ड सेट’ गर्‍यो । छायांकनदेखि रिलिजसम्म भौतिकरुपमा पत्रकार सम्मेलन आयोजना भएन । दीपक–दीपाले ‘भर्चुअल’ प्रसारप्रसारको प्रवृत्तिलाई पछ्याए ।

पाँचौं श्रृंखलाको छायांकन यतिबेला चलिरहेको छ । यसपटक पनि अर्को नयाँ ट्रेन्ड सेट कायम हुँदैछ । त्यो हो– फिल्मको रिलिजसम्म प्रमुख तीनजना बाहेक अन्य कलाकारलाई लुकाउने ।

‘मुख्यबाहेक अरु कलाकारलाई खुलासा नगर्ने रणनीति हाम्रो छ,’ निर्माता तथा अभिनेता दीपकराज गिरीले अनलाइनखबरसँग भने, ‘दर्शकले मुख्य तीनजना बाहेकका अरु कलाकारलाई फिल्ममै देख्नुहुनेछ ।’

पछिल्लो समय सहायक कलाकारहरु (नेपालमा चरित्र कलाकार भनिन्छ) एकपछि अर्को फिल्ममा खेलिरहँदा दर्शक झुक्किने समस्या रहेकाले दर्शकलाई दिग्भ्रमित नतुल्याउन आफूहरुले यस्तो रणनीति लिएको गिरीको भनाइ छ । ‘हरेक चरित्र अभिनेताले हरेक फिल्म भ्याएका हुन्छन् । दर्शक झुक्किने हुन्छन्,’ उनले भने ।

अहिलेसम्म दीपकसहित केदार घिमिरे र वर्षा सिवाकोटीलाई मात्र कलाकारको रुपमा खुलाइएको छ । अन्य कलाकारबारे जान्न दर्शकले फिल्म रिलिजसम्मै कुर्नुपर्नेछ ।

यतिबेला काभ्रेमा फिल्मको छायांकन भइरहेको छ । दीपाश्री निरौलाले निर्देशन गरिरहेकी छन् । ‘हामीलाई मौसमले पनि साथ दिएको छ,’ दीपकले भने । यो फिल्मको प्रदर्शन मिति आगामी दशैं फूलपाती अर्थात् २४ असोजलाई तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖