• Monday 5th of October 2026

चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण


  • धनकुटा खबर
  • .

काठमाडौं । अनोज खड्का र सुष्मा यादवले तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा स्वर्ण जितेका छन् । साढे ४ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन्।

चेल्सी वर्ल्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६ दशमलव ५१ मिनेटमा पूरा गरे । विजय बुढा मगर १६ दशमलव ५२ मिनेटमा दोश्रो तथा विवेक लामा १६ दशमलव ५३ मिनेटमा तेश्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन् ।

सुष्माले निर्धारित दूरी तय गर्न २१ दशमलव ४१ मिनेट समय खर्चिन् । २२ दशमलव ३७ मिनेटसाथ बूढानीकलकण्ठकी सुजाता केसी दोश्रो तथा २३ दशमलव ४० सेकेन्डमा दौड पूरा गरेकी हाइली क्रिएटिभकी शभ्यता खड्का तेश्रो बने ।

प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बूढानीलकण्ठले १९ अंक जोड्यो ।विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जनाएका छन् ।

दौड अत्तरखेलस्थित नेपाल मेडिकल कजेज चोकबाट सुरु विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा आएर टुंगिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖