काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ ।
लगातार विकेट गुमेपछि नेपाली इनिङ्स संकटमा परेको हो । पछिल्लो पटक दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका छन् ।
नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ५३ रन बनाएको छ ।
