• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्यान्ड्सका बलरले भने- नेपालमा खेल्दैछु कि अमेरिकामा कन्फ्यूज्ड भएँ


  • धनकुटा खबर
  • .

काठमाडौं । टी २० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब ब्याटिङ गर्यो । डालासस्थित प्राइरी ग्रान्ड स्टेडियममा खचाखच नेपाली समर्थकलाई निराश तुल्याउँदै नेपाली टीम १०६ रनमा अलआउट भएको छ ।

७ हजार २ सय सिट क्षमताको रंगशालामा आज नेपाली समर्थकको एकछत्र राज थियो । नेदरल्यान्ड्सका समर्थक न्यून संख्यामा उपस्थित छन् । पहिलो इनिङपछि प्रतिक्रिया दिँदै नेदरल्यान्ड्सका बलर लोगान भान बिकले नेपाली दर्शकको चर्चा गरे ।

उनले भने, ‘मलाई कन्फ्यूज्ड भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा ।’

खेलमा उनले तीन विकेट लिएका थिए । १०७ रनको स्कोर आफूहरुले सहजै रक्षा गर्न सक्ने उनको भनाइ थियो । बिकले थपे, ‘हामी सकारात्मक रुपमा ब्याटिङ गर्नेछौं । टप अर्डरे राम्रो खेल्यो भने हामीलाई खासै दवाव पर्छ जस्तो लाग्दैन ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖