• Tuesday 6th of October 2026

सुवास नेम्वाङको फजे (शुद्ध्याइँ) मा मलामी गएकाहरूलाई लिम्बू परम्परा अनुसार चोख्याइँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको शुद्ध्याइँ गरिएको छ । लिम्बू परम्पराअनुसार उनको फजे (शुद्‍याइँ) गरिएको हो ।

जसअनुसार मलामी गएकाहरूलाई लिम्बू जातिको परम्पराअनुसार आफन्तले चोख्याएका छन् । शुद्धयाइँमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, माओवादी उपमहासचिव वर्षमान पुनलगायतका विभिन्न दलका नेता, शुभेच्छुक पुगेका थिए । उनीहरूले दिवंगत नेम्वाङको आत्माको शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना जनाए ।

कसरी हुन्छ लिम्बू जातिको शुद्धयाइँ (फजे)
लिम्बू जातिमा मृत्यु संस्कारअन्तर्गत शुद्ध्याइँ कार्य पछिल्लो समय व्यावहारिक र समयसापेक्ष बनाइँदै लगिएको छ । शुद्ध्याइँ कार्य गर्दा मृतक पुरुष भए चार दिनमा र मृतक स्त्री भए तीन दिनमा सम्पन्न गर्ने परम्परा छ । शुद्ध्याइँ कार्यको लागि खाउः मुन्धुम् फेदाङ्मा वा सेवासाबाले वा खाउः मुन्धुम् जान्ने तुम्याहाङ् (ज्ञानी भद्रभलाद्मी) ले समेत गर्ने परम्परा रहिआएको छ ।

शोकमा बसेको किरियापुत्री परिवार र दाजुभाइलाई नुनतेल सबै चोखियो भनेर, अदुवा लसुन खोर्सानी घ्यू, बेसारमा भुटेर खाएपछि नुन तेल फुक्यो है भन्ने संस्कार नै फजे हो । चोख्याउने कार्य मावली, भाञ्जाभाञ्जी कुलकुटुम्बले गर्ने चलन छ । आजभोलि परिवारका सदस्य देश विदेशमा समेत हुने भनेको बेला जुट्न नसक्ने हुनाले शुद्धयाइँकै दिन काम सक्ने परम्परा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖